३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

१० वर्षमै आर्थिक चमत्कार गर्न सक्छौं : प्रचण्ड

 आइतवार, भदौ २६ २०७९  

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा १० बर्षभ आर्थिक चमत्कार गर्न सकिने बताएका छन् । राजधानीमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष पचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको उल्लेख गरेका हुन् ।

‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ । हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं । देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं,’ प्रचण्डको भनाई छ ।

देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने र देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि भएको उनले बताए । ‘पछाडि धकेलिँदै गएको देशको अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्छ। कृषिपछि जलविद्युत, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्छ’, उनले भने ।

युवाहरू उद्यमशील हुन चाहेमा देशलाई आत्मनिर्भर अर्थतन्त्रको बाटोमा हिँडाउन सकिने उनले बताए । धन, सम्पत्ति कमाउनु र देशलाई सभ्य बनाउनु फरक कुरा रहेको भन्दै अध्यक्ष प्रचण्डले समाजलाई सभ्य बनाउने गरी संसारमा नेपालीहरूको आत्मसम्मान कायम हुने सम्पत्ति आर्जन गर्न युवाहरूलाई आग्रह समेत गरे ।

लक्ष्य प्राप्तिका लागि दृढ हुनुपर्नेमा जोड दिँदै अध्यक्ष प्रचण्डले आफ्नो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतित गर्ने पनि बताए । राजनीतिक एजेन्डामा अब अल्झिरहने अवस्था नरहेकाले देशलाई विकासको मार्गमा लानुपर्ने प्रचण्डको
भनाई छ ।

प्रतिक्रिया सबै