१० असार २०८१, आईतवार Sunday 23 June, 2024

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

 सोमवार, भदौ २७ २०७९  

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नं. १३ बाट आठ जना जुवा तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् ।

सूर्यकुमारी गुरुङको घरमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शनिबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा तनहुँ देवघाट स्थायी घर भइ हाल पोखरा महानगरपालिका वडा नं.१३ मियापाटन बस्ने घरधनी ४४ वर्षीय सूर्यकुमारी गुरुङ, सर्लाही घर भई पोखरा-११ रानीपौवा बस्ने ३८ वर्षीय ललितकुमार बस्नेत, सोही ठाउँ बस्ने ३५ वर्षका रूपक बस्नेत, पोखरा-११ फुलबारी बस्ने ४० वर्षीय दिपक खड्का, पोखरा-७ बस्ने ३१ वर्षका सूर्य थापा, पोखरा-११ बस्ने ३७ वर्षीय रमेश ठकुरी, पोखरा—१३ बस्ने ४० वर्षका आशबहादुर गुरुङ र लमजुङ राईनाश-१० घर भइ हाल जिल्ला कास्की पोखरा-१० बस्ने वर्ष ४४ कमला गुरुङ रहेका छन् ।

जुवा तासबाट प्रहरीले नगद एक लाख सात हजार २५५ रुपैयाँका साथै २११ पत्ती तास बरामद गरेको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

 

प्रतिक्रिया सबै