६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

सिट बाँडफाँटबारे बालुवाटारमा शीर्ष नेताहरुको बैठक

 सोमवार, भदौ २७ २०७९  

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बिहान ९ बजेदेखि बालुवाटारमा बैठकमा शीर्ष नेताहरुसहित कार्यदलका सदस्यहरु पनि सहभागी छन् ।

सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेको बेला पटक पटक नेताहरु छलफलमा जुटिरहेका हुन् ।

गठबन्धनमै नबस्ने अडानमा रहेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसमेत मिलेर जान तयार भएपछि शीर्ष नेताहरुले सिट संख्या समझदारी बनाएको एक नेताको भनाई छ । तर, त्यो सहमति दशैँ पछिमात्र सार्वजनिक गर्ने बताइएको छ ।

एक महिना लामो छलफल र विभिन्न मोडालिटी बनाएको कार्यदलले २३ भदौमा गठबन्धनका शीर्ष नेतालाई रिपोर्ट बुझाएको थियो । सोही अपुरो रिपोर्टको बारेमा गठबन्धनमा छलफल भइरहेको छ ।

यो पनि

एमालेद्वारा माओवादीलाई पार्टी एकताको प्रस्ताव !

प्रतिक्रिया सबै