३ असार २०८१, आईतवार Sunday 16 June, 2024

स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेहरु उम्मेदवार बन्न पाउँदैनन् : प्रमुख आयुक्त

 सोमवार, भदौ २७ २०७९  

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्थानीय चुनावका १ लाख १५ हजार उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनीहरुलाई ५ लाख रुपैयाँ जरिवाना र ६ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही गर्न सकिने उनले बताए । ‘कारबाहीमा परेपछि को को असोज २ र ३ गते हुने समानुपातिक बन्द सुचीमा रहन पाइन्न । २३ गतेको प्रत्यक्षमा उम्मेदवार मनोनयन हुदैन’, उनले भने ।

स्थानीय निर्वाचन जितेकाहरुले पनि खर्च विवरण नबुझाएको भए कारबाही हुने उनको भनाई छ । स्थानीय चुनावमा खर्च विवरण नबुझाउनेहरुलाई कारबाहीको विषयमा सोमबार निर्णय हुने उनले बताए । उनले भने— ‘कारबाहीमा परेपछि समानुपातिक र प्रत्येक्षमा उम्मेदवार हुन आए आयोगले लिदैन ।’

प्रतिक्रिया सबै