why is zoom app not downloading - why is zoom app not downloading download zoom for m1 official zoom download download zoom for pc desktop zoom app is not secure zoom meeting zoom meeting zoom meeting - zoom meeting zoom meeting zoom meeting why is my zoom audio not working on laptop - why is my zoom audio not working on laptop
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

बालापनको सम्झना

 सोमवार, भदौ २७ २०७९  

कविता : बालापनको सम्झना

हिँडनपर्थ्यो  उकालीओराली
बजाउँदै बाँसुरी मुरली
गाई गोठाला गइन्थ्यो
रमाइरमाई साथीभाईसँग गट्टी खेलिन्थ्यो ।

कहिलेकाहीँ साप्सुखोला जान्थ्यौँ
पिकनिक पनि खान्थ्यौँ पौडी पनि खेल्थ्यौँ
त्यसपछि उकालो बाटो लाग्थ्यौँ साथीसाथी
बल्ल पुग्थ्यौँ भन्ज्याङ, चौतारी र ठाँटी

हरियो थियो साह्रै राम्रो वर र पीपल
फिरिरी हावा दिन्थ्यो हाम्रो जीवन कति शीतल
वरतिर हेर्यो बुलुकु खोला परतिर हेर्यो भालु खोला
त्यो वर-पीपलहरु पनि बूढो भइसक्यो होला ।

ती वर-पीपल फेदमा को बस्छ र
बाइकमा चढी पुगिहाल्छ घर
सम्झेर ल्याउँदा बालापन
रुँदो नै रैछ सबैको भित्री मन

कोही साथी गइसके होलान् मरेर
कोही साथी धन कमाएर
ठूलो बिल्डिङमाथि बसेर
कल्पना गर्दो हो बालापन सम्झेर ।

 

गंगाराम राई, खोटाङ दिप्रुङ चुईचुम्मा गाउँपालिका बतासे-४ दिनुवा, हाल ललितपुर ।

प्रतिक्रिया सबै