६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

प्रदेशसभाका लागि मतपत्र छपाइ कार्य सुरु

 सोमवार, भदौ २७ २०७९  

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशसभाको समानुपातिकको मतपत्र छपाइ कार्य सुरु भइसकेको बताएका छन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा थपलियाले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशसभा समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिएका हुन् ।

प्रमुख आयुक्त थपलियाले आइतबारबाट नै प्रदेशसभा समानुपातिकतर्फका लागि मतपत्र छपाइ कार्य सुरु भइसकेको जानकारी दिएका हुन् । उनले प्रदेशसभा समानुपातिकका लागि उम्मेदवार दिने दलहरूको मात्रै चिह्न राखेर मतपत्र छाप्नका लागि समय अभाव हुने भएकाले दर्ता भएका दलहरूको चुनाव चिह्न राखेर मतपत्र छपाईको कार्य सुरु भएको बताए ।

प्रत्येक प्रदेश अनुसार फरक—फरक मतपत्र छपाइ हुने उनले बताए । जुन प्रदेशमा जति दलहरूले निर्वाचनमा सहभागिता जनाउने भनेर दर्ता भएका छन् त्यति दलहरूको मात्रै चुनाव चिह्न राखेर मतपत्र छपाइको काम सुरु भएको उनले बताए ।

प्रतिक्रिया सबै