३ असार २०८१, आईतवार Sunday 16 June, 2024

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीमा ताला लगाउँछौँ : हर्क साम्पाङ

 सोमवार, भदौ २७ २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी संचालकहरुलाई चेतावनी दिएका छन् । धरान उपमहानगरद्वारा सोमबार आयोजित सहकारि अन्तरक्रिया कार्यक्रममा बोल्दै मेयर हर्कले बचतकर्ताको रकम तत्काल फिर्ता गर्न निर्देशन दिएका हुन् ।

‘बचतकर्ताको रकम फिर्ता नगर्ने धरानका सहकारिमा भोटे ताला लगाउने छौँ । धरानमा सहकारिले जनतालाई सहयोगि भूमिका खेलेको छ । हामि नगर स्थानिय सहकारि टिम गठन गर्छौं । अनुगमन गर्छौ, सहकारिको स्तरउन्नति गर्छौ र स्थानिय सहकारिलाई उपमहानगरले सहयोग गर्छ तर, रकम फिर्ता नगरे संचालकहरुमा यति हेक्का रहोस भोटे ताला सहकारिमा लगाएर कारबाहि पनि गर्छौ’, उनले भने । सहकारी ऐन अनुसार बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीसंचालकलाई कडा कार्वाहि गर्ने पार्टीगत लविङ नचल्ने चेतावनी पनि दिए ।

धरानका उपमेयर अईन्द्रविक्रम बेघाले पनि नियम विपरित संचालनमा आएका सहकारीहरुले बचतकर्ताहरुको रकम अपचलन गरेको बताए । नियम मिचेर संचालनमा आएका सहकारीका कारण नियम पालना गरेर संचालन भएका सहकारीहरुलाई समस्या भएको उनको भनाई थियो ।

सहकारीले बचतकर्ताहरुको रकम फिर्ता गर्न नसकेपछी धरान उपमहानगरपालिकामा चरम आर्थिक मन्दी भएको छ । दर्जन भन्दा बढि सहकारीहरुले बचतकर्ताको २५ अर्ब भन्दा बढि रकम हिनामिना गरेपछी धरानमा चरम आर्थिक मन्दी भएको बचतकर्ताले बताउँछ्न ।

धरानमा संचालित सहकारीहरुले बचत कर्ताको रकम नदिए पश्चात आईतवार धरान उपमहानगरपालिकामा सहकारी संचालकहरुसंग गरिएको प्रत्यक्ष अन्र्तक्रिया कार्यक्रममा धरानका जनप्रतिनिधिहरुले तत्काल बचतकर्ताहरुको रकम फिर्ता दिन निर्देशन दिएका हुन् । धरानमा संचालित बराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको १५ अर्ब भन्दा बढि रकम अपचलन गरेको बचकर्ताको भनाई छ ।

 

 

प्रतिक्रिया सबै