९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

मेयर हर्क साम्पाङ धरानमा पानी ल्याउन सफल

 सोमवार, भदौ २७ २०७९  

काठमाडौं । मेयर हर्क साम्पाङ धरान बजारमा पानी ल्याउन सफल भएका छन् । धराने जनताले श्रमदान गरेरै सर्दु, खर्दु र निशानेको पानी जानकी चौकमा सोमबार ल्याइएको हो ।

‘आज अत्यन्तै खुसी छु ! धराने जनतालाई सर्दु, खर्दु निशानेको पानी वितरण गर्न शहरमा पानी ल्याइपुराएकाछौँ’, हर्क साम्पाङले भनेका छन्- ‘सम्पूर्ण सहयोगी, श्रमदाता तथा शुभचिन्तकहरुलाई हार्दिक धन्यवाद । हामी जुट्नेछौँ, यो देश माथि उठाउन हामी जुट्नेछौँ !’

मेयर साम्पाङको धरानेलाई पानी खुवाउने अभियानमा जनताले श्रमदान गरेरै पानी ल्याउन सफल भएको हो ।

स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका मेयर साम्पा साम्पाङ निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न सक्रिय रुपमा लागि परेका थिए । चोकमा पानी ल्याइएपछि धराने जनताले खुशी मनाएका छन् ।

हेरौँ तस्विरहरु : 






 

तस्विर : राजेश शाक्य भ्ल्ग र क्लिक धरान युट्युबाट

प्रतिक्रिया सबै