१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

महाअभियोग सिफारिस समिति आन्तरिक छलफलमा

 मङ्लबार, भदौ २८ २०७९  

काठमाडौं । महाअभियोग सिफारिस समिति आन्तरिक छलफलमा जुटेको छ । निलम्बिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बयान आजै सकिँदैछ । महाअभियोगबारे समिति भने आन्तरिक छलफलमा जुटेको हो ।

जबराको बयानका लागि समितिले ४३ प्रश्न तयार गरेकोमा ८ वटा प्रश्नमात्रै बाँकी रहेका छन् । बाँकी प्रश्नसँग प्रतिप्रश्न पनि आजै सक्ने तयारी समितिको छ ।

बयानको काम सकिने भएकोले प्रतिवेदनको तयारी गर्न अहिले समितिको बैठक बसिरहेको छ ।

दिउँसो १ बजेसम्म समितिले आन्तरिक छलफल गर्ने त्यसपछि जबराको बयान हुने समितिका एक सदस्यले बताए । जबरालाई समितिमा दिउँसो १ बजे बोलाइएको छ ।

प्रतिक्रिया सबै