३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

प्रचण्ड र ओलीसँग चिनियाँ नेता चान्सुको भेट

 मङ्लबार, भदौ २८ २०७९  

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड र एमाले अध्यक्ष ओलीलार्य चान्सुले नयाँबानेश्वरस्थित संसद भवनमा छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

चार दिने भ्रमणका लागि सोमबार नेपाल आएका चान्सुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटालाई सोही दिने भेटेका थिए । मंगलबार बिहान राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई भेटेपछि प्रधानमन्त्रीद्वयलाई भेटेका हुन् ।

सभामुख सापकोटाको निमन्त्रणामा नेपाल आएका चान्सुको टोलीले आज अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया सबै