zoom cloud download pc zoom download for windows 10 pro 64 bit free download zoom meeting 2021 zoom install windows 10 s mode download zoom_amd64.deb zoom version 5.3 download zoom cloud meeting app download for pc free - zoom cloud meeting app download for pc free
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

मानिसको जिन्दगी

 मङ्लबार, भदौ २८ २०७९  

कविता : मानिसको जिन्दगी

कतिखेर ढल्ने हो थाहा छैन
बालुवाको घर रहेछ मानिसको जिन्दगी ।
स्वार्थ, अहमता र इर्ष्याहरुले
अडिएको रहेछ मानिसको जिन्दगी ॥

चाहिने भन्दा बडी नै खोज्ने
लोभीको भाँडो रहेछ मानिसको जिन्दगी ।
हासिल गर्न नसके पराजयको
तापमा जल्दो रहेछ मानिसको जिन्दगी ॥

हो मानिसको जिन्दगी…..

अथाह सम्पत्तिले अझै नपुग्ने
अघोरी आत्मा रहेछ मानिसको जिन्दगी ।
आफ्नो साँच्ने अर्काको ताक्ने
प्रेत आत्मा नै रहेछ मानिसको जिन्दगी ॥

काहीँ कतै बहुमूल्य खजना
हराए जस्तो रहेछ मानिसको जिन्दगी ।
जन्म देखि मृत्यू सम्म पनी
खोजै खोजमा रम्ने रहेछ मानिसको जिन्दगी ॥

हो मानिसको जिन्दगी…..

हरपल मान मर्यादा मात्र रोज्ने
अभिलाषी रहेछ मानिसको जिन्दगी ।
मृत्यू पश्चात मात्र सम्मान पाउने
कस्तो अभागी रहेछ मानिसको जिन्दगी ॥

इच्छा आकांक्षा र सोँच हेर्दा
भिखारी जस्तो रहेछ मानिसको जिन्दगी ।
बानी व्यहोरा र व्यबहार हेर्दा
शिकारी जस्तै रहेछ मानिसको जिन्दगी ॥

हो मानिसको जिन्दगी…..

धर्मको विश्वास त गर्दै नगर्ने
जिद्दी र अहमता रहेछ मानिसको जिन्दगी ।
जीव मध्यको सबै भन्दा निच
चेतनाहीन प्राणी रहेछ मानिसको जिन्दगी ।।

अकुत धन प्राप्ति पश्चात पनी
पूर्णता कहिल्यै नहुने मानिसको जिन्दगी ।
दौलत, शान, मान सब भएपनि
सन्तुष्ट कहिल्यै नहुने मानिसको जिन्दगी ।।

हो मानिसको जिन्दगी…..

रित्तै आउँछौं रित्तै जान्छौं भन्ने
जानेर अन्जान बन्ने मानिसको जिन्दगी ।
तेरो र मेरो को नाटक गर्ने एक
आधारहीन तत्व रहेछ मानिसको जिन्दगी ।।

आखिर नाटकको एक चतुरे
मायावी पात्र रहेछ मानिसको जिन्दगी ।
अन्ततः मृत्यू पश्चात पनी पवित्र
नदीको प्रदूषण रहेछ मानिसको जिन्दगी ।।

हो मानिसको जिन्दगी…..
पवित्र नदीको प्रदूषण रहेछ मानिसको जिन्दगी..

रचना ज्ञान बहादुर लामा ‘दोङ’

प्रतिक्रिया सबै