९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

आइएमई पे र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता

 मङ्लबार, भदौ २८ २०७९  

काठमाडौं । आइएमई पे र क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ । क्रिस्टल डाइग्नोस्टिकमा ‘आइएमई पे’ मार्फत भुक्तानी गर्दा फ्ल्याट १५ प्रतिशत छुट प्राप्त गर्न सकिने सम्झौतामा उल्लेख छ ।

दसैं-तिहार चाडको अवसर पारी गरिएको यस सम्झौतापछि आइएमई पे प्रयोगकर्ताले सिनामंगलमा रहेको क्रिस्टल डाइग्नोस्टिकमा आइएमई पेमार्फत भुक्तानी गर्दा उक्त छुट पाउनेछन् ।

तीन महिनासम्म सञ्चालनमा रहने यो योजनाका ग्राहकहरुले क्रिस्टल डाइग्नोस्टिकको आउटसोर्सिङ टेस्टर अल्ट्रासाउन्ड सेवाबाहेक अरु सबै सेवामा उक्त छुट प्राप्त गर्न सकिने आईएमईले जनाएको छ ।

‘आइएमई पे’ मोबाईल वालेट एप आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित एक विद्युतीय भुक्तानी सेवा साथै आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो ।

यो नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

प्रतिक्रिया सबै