३१ जेष्ठ २०८१, बिहीबार Thursday 13 June, 2024

सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि महानगरको डोजर

 बुधबार, भदौ २९ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामाथि डोजर चलाएको छ । अनधिकृत संरचना हटाउन पटक-पटक अनुरोध गरेका महानगरले अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएका हुन् ।

अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँ अभियान चलाएको छ ।

 

प्रतिक्रिया सबै