join zoom meeting online on laptop - join zoom meeting online on laptop zoom old version download for pc zoom cloud meeting free download new version zoom meeting installer download download zoom 64 bit windows 10 voice changer for zoom download zoom meeting free download windows 10 download zoom app
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

श्रीपालले दिइन् लोकदोहोरी प्रतिष्ठानमा उजुरी

 बुधबार, भदौ २९ २०७९  

काठमाडौं । सांगाीतिक प्रस्तुतिका लागि जापान पुगेकी एक लोक गायिकाले आफूमाथि भौतिक आक्रमण गरेको भन्दै धन थापा नामका व्यक्तिविरुद्ध राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, जापान शाखामा उजुरी दिएकी छन् ।

गायिका अमृता श्रीपालले गत अगस्ट १३ मा जापानको ओसाका कोबे सहरस्थित धौलागिरि दोहोरी साँझमा सांगीतिक प्रस्तुतिका लागि स्पोन्सर गरेका बागलुङका थापाविरुद्ध उजुरी दिएकी हुन् ।

उनले निवेदनमा आफू जापान प्रवेश गरेपछि हरेक कार्यक्रममा गाउँदा पाएको पारिश्रमिक थापालाई कमिसन दिनुपर्ने, तर आउन जान यातायात खर्च समेत नदिने गरेको उल्लेख गरेकी छन् ।

कार्यक्रमका सहकर्मीसँग अनैतिक सम्बन्ध राखेको जस्ता आरोप समेत थापाले लगाउने गरेको भन्दै उनले उल्लेख गरेकी छन् । ‘मेरो अझै दुई महिनाको भिसा बाँकी रहेको र आफू कलाकार रहेको हुँदा केही समय जापानमा बस्ने र तय भएका सांगीतिक कार्यक्रममा प्रस्तुति दिने माहौल सिर्जना गरिदिनुहुन प्रतिष्ठान, जापान शाखा समक्ष हार्दिक अनुरोध गर्दछु । निज थापाले मलाई जापानमा र मेरो नेपाल ९म्याग्दी०मा रहेको परिवारलाई समेत मार्ने धम्की दिने गरेको हुँदा मलाई मानसिक पीडा, सामाजिक बेइज्जत, सांगीतिक करिअरमा असर पर्नुका साथै चरित्र हत्याको पीडाले अति धेरै पीडित बनेकी छु । उसको स्वार्थ पूरा नहुँदा सेप्टेम्बर १ज्ञ मा पनि भौतिक रुपमा ममाथि आक्रमण गरेपछि मैले आफ्नो ज्यान जोगाउँदै ओसाकाको एक घरमा शरण लिई लुकीछिपी बसिरहेको छु ।’

प्रतिक्रिया सबै