३ असार २०८१, आईतवार Sunday 16 June, 2024

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

 बिहिबार, भदौ ३० २०७९  

काठमाडौं । हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भाग सरदर स्थानमा र पूर्वी भू-भाग सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहीबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार लुम्बिनी र गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।

राति देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको पनि सम्भावना छ ।

प्रतिक्रिया सबै