zoom meeting password join zoom app download for windows windows app for zoom zoom meeting app free download for pc windows 10 - zoom meeting app free download for pc windows 10 zoom connect download
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

स्वदेश फर्किए चिनियाँ नेता ली चान्सु

 बिहिबार, भदौ ३० २०७९  

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु भ्रमण सम्पन्न गरी आज फर्किएका छन् । उनलाई सभामुख अग्नी प्रसाद सापकोटाले आज विहान ८:५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाइ गरेको हुन् ।

अध्यक्ष ली चान्सु सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । उनलाई सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए ।

सोही दिन सापकोटा र अध्यक्ष ली चान्सुबीच संघीय संसद भवनमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गरेका थिए ।

वार्तापछि नेपालको संघीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो ।

समझदारी पत्रमा संघीय संसदको नेतृत्व सभामुख र अध्यक्ष ली चान्सुले हस्ताक्षर गरे ।

प्रतिक्रिया सबै