१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

माओवादी कमजोर भएमा राजनीतिक उपलब्धि गुम्न सक्छ : प्रचण्ड

 बिहिबार, भदौ ३० २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भएमा राजनीतिक उपलब्धि गुम्न सक्ने बताएका छन् ।

पोष्टबहादुर बोगटीको ८औं स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक व्यवस्थापनमा सबैले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए ।

उनले पार्टीभित्रका सबैले इमान्दारीपूर्वक काम गर्ने हो भने मंसिरमा हुने निर्वाचनमा नेकपा माओवादी केन्द्र कम्युनिस्टहरुमध्ये पहिलो शक्ति बन्ने दाबी गरे ।

‘माओवादी आन्दोलन र क्रान्तिकारी कम्युनिस्टहरुको प्रयास नभएको भए देश आज संघीय लोकतान्त्रिक गणतन्त्रमा जान सम्भव थिएन, समानुपातिक र समावेशी प्रतिनिधित्व पनि सम्भव थिएन,’ उनले भने, ‘माओवादी आन्दोलनको जगमा निर्मित जनयुद्ध र जनआन्दोलनको समायोजनबाट मात्र यो सम्भव भएको हो ।’

उनले पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न नसक्दा तराई मधेसमा स्थानीय तह निर्वाचनका क्रममा अपेक्षाअनुसार उपलब्धि हुन नसकेको बताए ।

प्रतिक्रिया सबै