३० असार २०८१, शनिबार Saturday 13 July, 2024

विप्लव समूहले दियो सरकारलाई धन्यवाद

 बिहिबार, भदौ ३० २०७९  

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेको छ । भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले मुद्धा खारेजीबारे निर्णय गरेको भन्दै सरकारलाई धन्यवाद दिएको हो ।

मन्त्रिपरिषद बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए । ‘सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्ययन गर्न मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले तीन बुँदे सहमति कार्यान्वयनलाई गुणात्मकता प्रदान गरेको छ’ विज्ञप्तिमा उनले भनेका छन् ।

विप्लव समूहसँग तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेको थियो । त्यसपछिको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि तीन बुँदे सहमति अनुसार काम गरेको भन्दै विप्लव समूहका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति अनुसार पार्टीको दायित्वप्रति इमान्दार र प्रतिबद्ध रहेको प्रष्टीकरण दिएका छन् ।

यस्तो छ विज्ञप्ति

 

प्रतिक्रिया सबै