४ असार २०८१, सोमबार Monday 17 June, 2024

डेङ्गु बिरामीलाई महानगरले सुरु गर्‍यो हटलाइन सेवा

 शुक्रबार, भदौ ३१ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाले हटलाइन सेवा सुरु गरेको छ । महानगरका मेयर बालेन्द्र साहका अनुसार डेंगु संक्रमितका लागि २४ घण्टे हटलाइन सुरु भएको हो ।

उनले सामाजिक सञ्जालमार्फत सूचना दिँदै ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श लिन र १०२ मा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन अनुरोध गरेका छन् ।

‘डेङ्गु संक्रमितहरुका लागि २४ घण्टे हटलाइन सुरु । संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरुबाट नै परामर्श पाउन सक्ने,’ मेयर शाहले भनेका छन्, ‘आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निशुल्क एम्बुलेन्स सेवा लिन सक्नुहुनेछ ।’

काठमाडौंमा पछिल्लो समय डेङ्गु संक्रमितको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया सबै