३ असार २०८१, आईतवार Sunday 16 June, 2024

नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक

 शुक्रबार, भदौ ३१ २०७९  

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सार्वजनिक भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री देउवाले ट्रफी सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक बनाइएको ट्रफीलाई सातवटै प्रदेशमा पुर्‍याउने राष्ट्रिय खेलकुद परिषद्ले तयारी गरेको छ ।

आज (शुक्रबार) साँझ सुदूरपश्चिम पुर्‍याइने ट्रफीलाई शनिबार धनगढी रंगशालामा सार्वजनिक गरिने छ ।

ट्रफीलाई सातै प्रदेश पुर्‍याएर असोज २३ गते प्रतियोगितास्थल गण्डकी प्रदेशको पोखरामा पुर्‍याइने लक्ष्य छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन पोखरा रंगशालामा आगामी असोज २८ हुनेछ ।

 

प्रतिक्रिया सबै