३० असार २०८१, शनिबार Saturday 13 July, 2024

अनशनरत डा. गोविन्द केसी अस्पताल भर्ना

 शुक्रबार, भदौ ३१ २०७९  

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले स्वास्थ्य बुलेटिन जारी गरेर केसीको अवस्था जटिल बन्दै गएको जनाएको छ ।

अस्पतालले शुक्रबार जारी गरेको बुलेटिनमा पोषण तत्व र पानीको मात्रा कम भई जटिलता बढ्दै गएको उल्लेख छ ।

अस्पतालले सम्भावित जटिलता भन्दै ‘शरीरमा पोषण तत्व र पानीको असन्तुलनले बेहोस हुने सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड्न सक्ने क्षमता कम भइ विभिन्न संक्रमण हुन सक्ने, मुटुको धडकन, श्वासप्रश्वास र रक्तचाप गडबढ भइ अंग र प्रणाली खराबी हुन सक्ने वा ज्यान जोखिममा पर्न सक्ने’ उल्लेख गरेको छ ।

डा. केसी ५ दिनअघि धनगढी पुगेर २०औं पटक अनशनमा बसेका थिए । स्वास्थ्य अवस्थामा जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया सबै