downloading the zoom app download zoom meeting from microsoft store - download zoom meeting from microsoft store download zoom app latest version zoom for windows download zoom transcript download zoom calls download zoom hd wallpaper download zoom download desktop free - zoom download desktop free
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

बालेनलाई बाबुरामको कटाक्ष : पृथ्वीनारायणको अवतार बनाउन लागे !

 शुक्रबार, भदौ ३१ २०७९  

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहका पछिल्ला गतिविधिबारे व्यंग्य गरेका छन् ।

शुक्रबार बिहान बालेनले आफूलाई प्रधानममन्त्रीकाल सम्झाउने गरी फर्काएको जवाफपछि नेता भट्टराईले बालेनप्रति कटाक्ष गरेका हुन् ।

‘काठमाण्डौ ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुई बर्ष शासन गर्न दिएर लखेट्यो । पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चार सय वर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ’, उनले फेसबुकमा लेखेका छन् ।

सामाजिक सञ्जालमै यसअघि डा. भट्टराईले फुटपाथ व्यवसायीलाई निश्चित ठाउँ र समय तोकेर व्यापार गर्न दिनु पर्ने बताएका थिए । जसप्रति प्रतिक्रिया दिँदै बालेनले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा किन नसोचेको भनेर भट्टराईप्रति उल्टै प्रश्न गरेका थिए ।

प्रतिक्रिया सबै