६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

राप्रपा केन्द्रीय सदस्य सीमामाथि कारबाही सिफारिस

 शुक्रबार, भदौ ३१ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को चितवन जिल्ला कार्यसमितिले पार्टीका केन्द्रीय सदस्य सीमा घतान विश्वकर्मालाई कारबाहीका लागि सिफारिस गरिएको छ ।

भदौ १५ गते बसेको राप्रपा जिल्ला कार्यसमिति बैठकमा विश्वकर्माले हुलदंगा गरेको भन्दै उनलाई कारबाहीका लागि केन्द्रमा सिफारिस पठाएको हो ।

आफूलाई जसरी पनि प्रदेशसभा समानुपातिकमा सर्वसम्मत नाम सिफारिस गर्नुपर्ने भन्दै विश्वकर्माले लफडा गरेको राप्रपा चितवनले जनाइएको छ । विश्वकर्माले अन्यथा चितवन- ३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेविरुद्ध उम्मेदवारी दिने सार्वजनिक घोषणा गरेको भदौ २९ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वकर्माले पार्टीका नेताको चरित्र हत्या गर्नुका साथै गाली गलौज गरेकाले कारबाहीका लागि सिफारिस गरेको राप्रपा चितवनका अध्यक्ष रुद्रप्रसाद ढकालले बताए ।

प्रतिक्रिया सबै