zoom install windows 10 uk - zoom install windows 10 uk download zoom webinar registrants zoom app charges www.zoom.com app zoom.us/support/download best free zoom app download center zoom
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

सरकार बलात्कारी कहिले पत्ता लाग्छ ?

 शुक्रबार, भदौ ३१ २०७९  

ए सरकार ती बलात्कारी कहिले पत्ता लाग्छ भनन ।
एकपटक ती आमाको लागि न्याय प्रेमी नेता बनन ।।

छोरीको पिरमा एक आमा बालिकाको न्याय खोज्दै छिन ।
रुदा अब न्याय पाइएन आफै मृत्युको बाटो रोज्दै छिन ।।

कसरी सम्झाउ म ती दिनरात तड्पिएर बसेकी आमालाइ ।
भन्छिन छोरी यहि पिडिमा नाच्थी फुलबुट्टे जामा लगाइ ।।

चिच्याउँदा चिच्याउँदै बलात्कार गरि फालेथे रे पाखामा ।
झल झली याद आउछ छोरीको रुदै भन्छिन आमा आखामा ।।

बलत्कारीले बलत्कार गर्यो भाग्यो कहाँ बेपत्ता भयो ।
आमा आफ्नी छोरी सम्झदैँ रुदा रुदैँ वर्षौ गयो ।।

आँसु सुक्यो, स्वर बस्यो ती आमाको अब के नै पो लाग्छ र ।
कानुन फितलो नभए किन सयौ बलात्कारी कहाँ भाग्छ र ।।

मार्देउ सरकार बरु बलत्कारी दिन थाल आजै बाट फाँसी ।
न्यायको निम्ति रुदै बसेकी छिन आमा भित्तामा फोटो टाँसी ।।

बुझिदेउ न सरकार हरेक आमाको पिर मर्का ।
रुदा आँसु पुछेको आमाको चिसै छ्न अझै पनि बर्का ।।

बरु केही पर्दैन सरकार नुन चुक लगाइ बलात्कारीलार्इ मोल्देउन ।
बिम्ती छ सरकार ती बालिकाको न्यायको निम्ति बोल्देउन ।।

रिकेश बिश्वकर्मा ‘क्षितिज’ काभ्रेपलान्चोक, भुम्लु-२

प्रतिक्रिया सबै