भारतलाई हराउँदै नेपाल फाइनलमा
शुक्रबार, भदौ ३१ २०७९
काठमाडौं । भारतलाई हराउँदै नेपाल छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको सेमिफाइनल खेलमा नेपालले भारतलाई १-० गोलले पराजित गरेको हो ।
नेपालका लागि रश्मीकुमारी घिसिङलेपहिलो हाफको इन्जुरी समयमा गोल गरेकी थिइन् ।
यसअिघ पहिलो सेमिफाइनल खेलमा भुटानलाई हराउँदै बंगलादेश फाइनलमा पुगेको छ । अब फाइनलमा नेपाल र बंगलादेश भिड्नेछ ।
प्रतिक्रिया
सबै