१ असार २०८१, शुक्रबार Friday 14 June, 2024

अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता

 शनिबार, अशोज १ २०७९  

काठमाडौं । अछाममा पहिरोले घर बगाउँदा १६ जना बेपत्ता भएका छन् । अछाममा प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीलेअछामको कमलबजार नगरपालिका वडा नम्बर–६ का ७ जना र तुर्माखाँद गाउँपालिका वडानम्बर–५ का ९ जना गरी १६ जना बेपत्ता भएको जानकारी दिए ।

उनका अनुसार यी दुई पालिकामा बाढीपहिरोले दुई वटा घर बगाएको छ । अहिले बेपत्ताको खोजी भइरहेको छ ।

उनीहरुको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन् । अछाममा अहिले पनि पानी परिरहेको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया सबै