९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

अछाममा पहिरोले पुरिएर ८ जनाको मृत्यु, १० जना बेपत्ता

 शनिबार, अशोज १ २०७९  

काठमाडौं । अछाममा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ । कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएर थप ६ जनाको मृत्यु भएको हो । स्थानीय प्रशासनले मृतकको संख्या ८ पुगेको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार कमलबजार नगरपालिका—६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ७ मध्ये थप चार जनाको शव भेटिएको हो । पहिरोमा पुरिएका अन्य तीन जनाको खोजी भइरहेको छ ।

ढकारी गाउँपालिका-६ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको उनले बताए । तीनजनालाई घाइते अवस्थामा उद्दार गरिएको छ । उनीहरुको उद्दारका लागि हेलिकोप्टर मगाइएको छ ।

यसअघि तुर्माखाद गाउँपालिका–५ काँडामा घर पुरिंदा २ जनाको शव फेला परेको थियो भने सात जना अझै बेपत्ता छन् ।

प्रतिक्रिया सबै