३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

अछाममा पहिरोमा पुरिएर १४ जनाको मृत्यु, ९ जना बेपत्ता

 शनिबार, अशोज १ २०७९  

काठमाडौं । अछाममा पहिरोमा पुरिएर १४ जनाको मृत्यु भएको छ भने अझै ९ जना बेपत्ता भएका छन् । शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १४ पुगेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १४ जनाको शव फेला परेको जानकारी दिए ।

पहिरोमा पुरिएर ९ जना बेपत्ता छन् भने ११ जना घाइतेको उद्दार गरिएको छ ।

 

प्रतिक्रिया सबै