३ असार २०८१, आईतवार Sunday 16 June, 2024

राष्ट्रपतिले नागरिकता विधेयक बहानाबाजी नगरी प्रमाणीकरण गर्नुपर्छ : बाबुराम भट्टराई

 शनिबार, अशोज १ २०७९  

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दुवै सदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपतिले बहानाबाजी नगरी प्रमाणीकरण गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको अन्तिम बैठक सम्बोधन गर्दै उनले नागरिकता विधेयकलाई बहानाबाजी गरेर रोक्न नहुने तर्क गरे ।

‘नागरिकता विधेयक अब कुनै पनि बहाना नगरी छिटो जारी गर्नु पर्छ , मलाई विश्वास छ राष्ट्रपतिज्यूले पारित गर्नुहुनेछ’, उनले भने । नागरिता विधेयकको मुद्दालाई दलहरुले दलीय, गुटीय र क्षेत्रीय आधारमा लम्ब्याइरहेको उनको भनाइ थियो ।

‘अहिले नागरिकता विधेयकको कुरो आइराखेको छ । एउटा सामान्य विषयमा नागरिकता प्रत्येक नागरिकले पाउने सामान्य नैसर्गिक अधिकार हुन्थ्यो नि । त्यस्तो विषयमा पनि हामी किन विवाद गरिराखेका छौं ? किन दलीय आधारमा, गुटीय आधारमा, क्षेत्रीय आधारमा यो मुद्दा हामीले लम्ब्याइ राखेका छौं’, उनले भने ।

नागकिरता विधेयकका बारेमा छुद्र काम कसैले नगर्न पनि आग्रह गर्दै उने भने— ‘म आग्रह गर्न चाहन्छु यस्तो प्रवृत्तिको छुद्र काम हामीले नगरौं ।’

प्रतिक्रिया सबै