२९ जेष्ठ २०८१, मंगलवार Tuesday 11 June, 2024

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

 आइतवार, अशोज २ २०७९  

काठमाडौं । असोज महिनाको पहिलो कारोबार दिनमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (आइतबार) सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३०० रुपैयाँ कायम भएको छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघले आजको कारोबार भाउ तोक्दै गत साताको शुक्रबारको तुलनामा १५ रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ पुगेको जानकारी दिएको छ । गत साताको शुक्रबार यसको मूल्य तोलामा ११ सय ७० रुपैयाँ थियो ।

प्रतिक्रिया सबै