६ असार २०८१, बुधबार Wednesday 19 June, 2024

निर्वाचन आयोगबाट तीन जना पक्राउ

 आइतवार, अशोज २ २०७९  

काठमाडौं । निर्वाचन आयोगमा होहल्ला तथा नाराबाजी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

आयोगले तय गरेको निर्वाचन कार्यक्रम अनुसार समानुपातिकको बन्दसूची बुझाउने दिन त्यहाँ पुगेका समाजवादी केन्द्रका अध्यक्ष युवराज सफलसहितका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा युवराज सफल, कृष्ण गोपाल बन्जरा, मीनमान देवकोटा रहेका छन् । उनीहरुले होहल्ला गरेपछि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रहरीलाई खबर गरेको आधारमा उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुलाई दरबारमार्ग वृत्तमा राखेर अनुसन्धान भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी सीताराम रिजालले जानकारी दिए ।

 

प्रतिक्रिया सबै