१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

रुकुममा बालकको शव फेला

 मङ्लबार, अशोज ४ २०७९  

काठमाडौं । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमको अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो । विजयकी आमा मकै बारीमा गएका बेला शव देखेकी थिइन् ।

प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको शव बायाँ खुट्टा छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ । स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए ।

प्रतिक्रिया सबै