२७ जेष्ठ २०८१, आईतवार Sunday 9 June, 2024

सर्लाहीमा चट्याङ लागेर १ जनाको मृत्यु, ४ जना घाइते

 मङ्लबार, अशोज ४ २०७९  

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका -१२ घारिबथानमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । घटनामा मृतक युवककी पत्नीसहित चार जना घाइते भएका छन् ।

सोमबार साँझ वर्षासँगै परेको चट्याङ लागेर ईश्वरपुर १२ गुइडुङ गाउँका २८ वर्षीय प्रेमबहादुर घलानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए ।

चट्याङ लागेर गम्भीर घाइते भएका घलानलाई उपचारका लागि सोमबार राति महोत्तरीको बर्दिवासस्थित जनसेवा अस्पताल पुर्याइएको थियो । अस्पतालमा पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनामा मृतक घलानकी पत्नी २६ वर्षीया नन्दीमाया घलान, २७ वर्षीय बुद्धबहादुर पाख्रिन, उनकी छोरी ३ वर्षीया प्रतिमा पाख्रिन र २७ वर्षीया रुद्रबहादुर स्याङ्तान घाइते भएका छन् ।

घाइते सबैको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै