किरात राई लेखक संघको अध्यक्षमा बलिराज खम्बु
मङ्लबार, अशोज ४ २०७९

काठमाडौं । किरात राई लेखक संघको अध्यक्षमा बलिराज खम्बु निर्वाचित भएका छन् । संघको ४औं अधिवेशनले खम्बुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रकास दुमी राई र अम्बिका अनमोल निर्वाचित भएका छन् । महासचिवमा भविशंकर राई ‘धरासायी’, सचिवमा नमन राई, कोषाध्यक्षमा अन्जना राई ‘इछमफूल’ चयन भएकी छन् ।
२०६४ सालमा स्थापना भएको संघले कला, साहित्यको क्षेत्रबाट समानता, पहिचानका मुद्दालाई उठाउँदै आएको छ ।
प्रतिक्रिया
सबै