९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

चुनाव पर्यवेक्षण गर्न तीन दर्जन एनजिओलाई अनुमति

 मङ्लबार, अशोज ४ २०७९  

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न तीन दर्जन गैरसरकारी संस्थालाई निर्वाचन आयोगले अनुमति दिएको छ । निर्वाचन आयोगले ३६ वटा संस्थालाई चुनाव पर्यवेक्षणको अनुमति दिएको हो ।

जसमध्ये दुई वटा अन्तर्राष्ट्रिय संस्था रहेको आयोगले जनाएको छ । त्यस्तो अनुमति पाउने आइएनजिओमा सार्क मानव अधिकार फाउन्डेशन र एशियन नेटवर्क फर फ्रि इलेक्सन छन् ।

त्यस्तै, राष्ट्रिय संस्थाहरुमा निर्वाचन पर्यवेक्षण समिति, मस्वसित नेपाल फोर एच,राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति, राष्ट्रिय निर्वाचन मञ्च, नेपाल युवा परिषद्, राष्ट्रिय व्यवसायिक पहल,संकल्प शान्ति न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल, डेमोक्रेसी रिसोर्स सेन्टर परेका छन् ।

वमेन एक्ट,न्यू भिजन, युथ वकालत,निर्वाचन पर्यवेक्षण सञ्जाल, अँगालो ज्येष्ठ जीवन बहुमूल्य प्रतिष्ठान,ज्येष्ठ नागरिक सेवा केन्द्र, परिवर्तनका आधार युवा जनशक्ति मञ्च, शान्तिका लागि साझा अभियान,नेपाल मानव अधिकार संगठनलाई पनि अनुमति प्रदान गरिएको आयोगले जनाएको छ ।

नेत्रहिन युवा संघ, अनौपचारिक क्षेत्र सेवा केन्द्र,गरिबी निवारण तथा वातावरण संरक्षण, नेपाल र्यापिड एक्सन टिम,राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ,विश्वकीर्तिमानी समाज,महिला पुनर्स्थापना केन्द्र, सामाजिक परिचालन तथा चेतना अभिवृद्धि समूह नेपालले पनि पर्यवेक्षण गर्न पाउने छन् ।

त्यस्तै, सामूहिक अभियान,जनचेतना नेपाल,पूर्व न्यायाधीश फोरम, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च,एक अर्थ, बागेश्वरी असल शासन क्लब, नेपाल जनप्रशासन संघ र आशा नेपालले पनि आयोगबाट अनुमति पाएका छन् । आयोगले गत भदौ ८ गते सूचना निकालेर १५ दिनभित्र पर्यवेक्षणका निम्ति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासंग आवेदन माग गरेको थियो ।

प्रतिक्रिया सबै