९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

यौनजन्य अपराधका आरोपीको गोपनीयताको हक माग गर्दै सर्वोच्च अदालतमा रिट

 मङ्लबार, अशोज ४ २०७९  

काठमाडौं । यौनजन्य अपराध तथा नैतिक पतन हुने किसिमका फौजदारी कसुरको आरोप वा अभियोग लागेका व्यक्तिको गोपनीयताको हक सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अधिवक्ता किशोर पौडेल, जगन्नाथ दुलाल, अनुपम भट्टराई र ईश्वर देवकोटासहित कानुनका विद्यार्थी रेजिना पौड्यालले मंगलबार रिट दर्ता गरेका हुन् ।

यौनजन्य कसुरको जाहेरी पर्नासाथ समाजिक सञ्जाल, सञ्चारमाध्यममा आरोपितको पहिचान र तस्बिर सार्वजनिक गरिदाँ त्यस्ता जाहेरी परेका व्यक्तिको गोपनीयता भंग हुने ठहर गर्दै रिट दायर गरिएको हो ।

फौजदारी न्यायको सर्वमान्य सिद्धान्तका आधारमा कुनै अभियोग लागेका व्यक्तिलाई सो अभियोग पुष्टि नभएसम्म निर्दोष मानिन्छ । सोही आधारलाई लिएर रिट दर्ता भएको हो ।

प्रतिक्रिया सबै