३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

लाल मोहम्मदको घटनाबारे अनुसन्धान गर्न समिति गठन

 मङ्लबार, अशोज ४ २०७९  

काठमाडौं । गोठाटारमा अज्ञात समूहको गोलीबाट मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति बनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकका अनुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वका मंगलबार पाँच सदस्यीय समिति बनाइएको हो ।

समितिमा प्रहरी उपरीक्षक (एसएपी) दिनशराज मैनाली, प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण चन्द लगायत सदस्य छन् । समितिमा साइबर ब्यूरोका एकजना अधिकृतलाई पनि राखिएको छ ।

एसपी मैनाली जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत छन् भने चन्द उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत छन् ।

सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई गोली हानेर अज्ञान समूहले हत्या गरेको थियो । उनलाई ‘मेड इन यूएस’लेखिएको पेस्तोलबाट चार राउण्ड गोली हानिएको प्रहरीले जनाएको छ ।

उनको हत्यामा संलग्न तीनजना व्यक्ति घटनास्थल नजिकै रहेको होटल कोशिपारि गेष्ट हाउसमा बसेका पाइएको छ ।

प्रतिक्रिया सबै