१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

राष्ट्रपतिले संविधान क्रस गर्नुभयो अब राजीनामा दिनुपर्छ : पूर्वराष्ट्रपति यादव

 बुधबार, अशोज ५ २०७९  

काठमाडौं । पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले अबको बाटो राजीनामा मात्रै भएको बताएका हुन् ।

‘संविधानको संरक्षक उहाँले संविधानको उल्लंघन गर्नुभयो । प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन’, उनले भने, ‘दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक उहाँले रोक्न मिल्दैन । उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ ।’

संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले नगरेपछि उनको कदमको आलोचना भइरहेको छ ।

प्रतिक्रिया सबै