zoom messaging app download for pc zoom downla zoom pc dark mode - zoom pc dark mode zoom 5.6.0 download downloadable zoom app
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

राजेशपायल भन्छन् : हिन्दी प्रेमगीत ३ हेर्छु, कोही छ मलाई राष्ट्रघाती भन्ने ?

 बुधबार, अशोज ५ २०७९  

काठमाडौं । लोकप्रिय गायक राजेशपायल राई पछिल्लो समय टीभी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा व्यस्त छन् । राजनीति, समाज र अन्य मामिलामा पनि चासो राखिरहने ‘राई इज किङ’ले ‘प्रेमगीत ३’ विवादमा मुख खोलेका छन् ।

फेसबुकमा उनी लेख्छन्- ‘नेपालीमा त हेर्ने नै भएँ, हिन्दी भाषाको पनि हेर्छु । कोही छ मलाई राष्ट्रघाती भन्ने ?’ हिन्दी संस्करणको प्रेमगीत ३ लाई नेपाली भाषा सरह सुविधा माग गरिएपछि चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले प्रेमगीत ३ का निर्मातालाई देशद्रोही र राष्ट्रघाती बताएका थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोलाएको छलफलमा खड्काले उक्त कुरा बोलेका थिए । खड्काको उक्त अभिव्यक्तिलाई चुनौती दिंदै गायक राईले यस्तो स्टाटस लेखेको अनुमान गर्न सकिन्छ ।

‘प्रेमगीत ३’को हिन्दी संस्करणको सेन्सर पनि अहिलेसम्म हुन सकेको छैन । चलचित्र विकास बोर्डले विदेशी फिल्मको जसरी प्रक्रिया गराएर मात्र सेन्सर गर्न सकिने जनाएको छ । यो विवादलाई लिएर सेलिब्रिटी पक्ष र विपक्षमा विभाजित भइरहेका छन् ।

प्रतिक्रिया सबै