९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र : वर्षमान पुन

 बुधबार, अशोज ५ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदम निर्वाचन बिथोल्ने षडयन्त्र भएको टिप्पणी गरेका छन् ।

संसदबाट दुईपटक पारित नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि नेता पुनले राष्ट्रपति भण्डारीको कदम निर्वाचन बिथोल्ने षडयन्त्र भएको दाबी गरेका हुन् ।

‘सचेत रहौं, संयमित बनौं । निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो यो घटनाक्रम’, उपमहासचिव पुनले ट्विटरमा लेखेका छन् । राष्ट्रपति भण्डारीको कदम आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य भएको पनि उनले आरोप लगाएका छन् ।

‘सार्वभौम जनताको प्रतिनिधि संस्था संसदले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको घोर उल्लंघनका साथै आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो,’ उनले भनेका छ्न ।

प्रतिक्रिया सबै