zoom download for pc win 10 skype zoom download download zoom exe 64 bit download and install zoom free - download and install zoom free future zoom download download zoom by the commodores
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

संविधानको दायराभन्दा बाहिर जाने छुट छैन : उपराष्ट्रपति

 बुधबार, अशोज ५ २०७९  

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक अस्वीकृत गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले पनि चासो व्यक्त गरेका छन् । उपराष्ट्रपतिले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको एक विज्ञप्तिमार्फत स्पष्ट गरेका छन् ।

संविधानको प्रमुख पालक र संरक्षकबाट संविधानको पालन र संरक्षण हुन नसकेको भनि आवाज उठ्नु दुःखद भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ-आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो’, विज्ञप्तिमा भनिएको छ । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि सबै पक्षमा उनले आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया सबै