३० जेष्ठ २०८१, बुधबार Wednesday 12 June, 2024

चोलेन्द्रको नक्कली छोरी एमाले कार्यकर्ता !

 बुधबार, अशोज ५ २०७९  

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको आफु छोरी हुँ भन्दै मिडियामा बताउने उनी नक्कली छोरी र नेकपा एमाले कार्यकर्ता भएको खुलेको छ । मिडियालाई गुमराहमा पार्ने उनी दैलेखकी मीना जोशी हुन् ।

स्रोतका अनुसार काठमाडौंका एकजना राणा थरका युवासँग बिहे गरेपछि जबरा परिवारकी उनी बुहारी बन्न पुगेकी हुन् ।

गत बैशाख ९ गते लेनिन जयन्ती एवं कम्युनिष्ट पार्टी स्थापनाको दिन पारेर एउटा जोडी एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेको र एमालेमा प्रवेश गरेको भन्दै ओलीसँग फोटो खिचाइएको समाचार सार्वजनिक भएको थियो ।

बालकोटमा पुगेर ओलीसँग फोटो खिचाई एमालेमा प्रवेश गर्ने उनै मीना राणा असोज २ गते बालुवाटारमा चोलेन्द्रकी नक्कली छोरी बनेको राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले पत्ता लगाएका हुन् ।

असोज २ गते बालुवाटारस्थित निलम्बित जबराको सरकारी निवासको गेट नजिकै सेतो मास्कले करिब आधा अनुहार छोपेकी ती युवतीले आफू चोलेन्द्र छोरी सुनिधि राणा भएको मिडियामा बताएकी थिइन् । उनले आफ्नो बुबालाई नजरबन्दमा राखिएको बेदना सुनाएकी थिईन् । तर, मिडिया भने नराम्ररी झुक्किएको हो ।

एमालेमा प्रवेश गर्ने कार्यक्रममा उनले भनेकी थिइन् : 
आदरणीय अध्यक्ष श्री केपी शर्मा ओलीज्यू एवम् अग्रज नेताज्यूहरु, सबैमा मेरो नमस्कारको अभिवादन छ। सर्वप्रथम म नेकपा (एमाले)मा प्रवेश गर्न पाउँदा आफूलाई निकै खुशी र भाग्यमानी ठानेको छु । मुलुककै ठूलो दल हुनुको नाताले पनि एमाले जनताको पार्टी हो भन्ने कुरा स्पष्ट नै छ । र, यो पार्टीप्रति जनताको आकर्षण दिनप्रतिदिन बढिरहेको छ । एमालेको नेतृत्व पंक्ति खासगरी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूको समृद्ध नेपालको भिजनबाट म निकै प्रभावित थिएँ। उहाँले सरकारको नेतृत्व गर्दा देशव्यापी रुपमा विकास निर्माणका काम अघि बढेको कुरा जगजाहेर नै छ।

उहाँले समृद्ध नेपाल र सुखी नेपाली अभियान नाराको लागिमात्रै अघि सार्नुभएको नभई वास्तवमै यसलाई व्यवहारमा नै उतार्नुभएको छ । उहाँको व्यक्तित्व र सरल स्वभावबाट आम नेपाली जनता प्रभावित छन् । उनले देशलाई कसैसँग झुक्न दिनुभएन । सबै देशसँग सन्तुलित सम्बन्ध राख्नुभएको थियो ।

मुलुक निर्वाचनमा होमिएको छ। एमालेप्रति जनताको ठूलो लहर देखिएको छ। यसले पनि एमालेको आगामी तीनै तहको निर्वाचनमा बहुमत हासिल गर्नबाट कसैले रोक्न नसक्ने स्पष्ट पारिसकेको छ । अहिले युवादेखि बृद्धासम्मको नै एमाले भरोसायोग्य पार्टी बनेको छ। म आज अध्यक्ष ओलीज्यूको आर्शिवाद लिएर एमालेमा प्रवेश गर्न पाउँदा निकै भाग्यमानी ठानेको छु। मेरो बाँकी जीवन एमालेमा रहेर इमानदारपूर्वक देश र जनताको सेवामा व्यतित गर्ने पनि घोषणा गर्दछु। मैले आज आफू यो पार्टीको एक सच्चा कार्यकर्ता हुन पाउँदा गौरवको अनुभुति गरेको छु । पार्टीले दिने जुनसुकै भूमिका मेरो लागि स्वीकार्य छ ।

प्रतिक्रिया सबै