१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

भक्तपुरमा राउटेद्वारा काठका सामग्री प्रदर्शनी

 बुधबार, अशोज ५ २०७९  

काठमाडौं । लोपोन्मुख फिरन्ते जाति राउटेले निर्माण गरेका काठको सामग्री भक्तपुरमा प्रदर्शन गरिएको छ । राउटेले निर्माण गरेको सामग्री बुधवार भक्तपुर दरबार स्क्वायरमा प्रर्दशन तथा बिक्रीका लागि राखिएको हो ।

एईआइएन लक्जेम्वर्गको सहयोग, कर्णाली प्रदेश सरकार र गुराँस गाउँपालिकाको समन्वय तथा सोसेक नेपालको आयोजनामा फिरन्ते समुदाय राउटेद्वारा निर्मित काठका सामग्रीहरु प्रर्दशनीमा राखिएको हो ।

सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाका अनुसार हाल भगवतीमाई गाउँपालिका–२ बेस्तडा बजार नजिकै बसोबास गरिरहेका उनिहरु सामग्री प्रर्दशनीका लागि दुई दिन अगाडि काठमाडौं पुगेका थिए । राउटे मुखिया सूर्यनारायण शाही लगायतको टोली आफूहरुले निर्माण गरेको सामग्री प्रर्दशनी तथा बिक्रीका लागि बुधबार भक्तपुर पुगेका हुन् ।

जंगलका कु–काठ काटेर कोशी, मदुस, झुमा, पिर्का लगायतका सामग्री बनाई त्यसलाई गाँउमा गएर अन्नपातसँग साटेर जिविका धान्ने उनीहरुले यस पटक भने प्रदर्शनीमा राखेका हुन् । राउटे समुदाय काठका भाडाकुँडा र सामग्री बनाउनु मुख्य सीप हो ।

प्रतिक्रिया सबै