३० असार २०८१, शनिबार Saturday 13 July, 2024

कपनमा आगलागी हुँदा ३ जनाको मृत्यु

 बिहिबार, अशोज ६ २०७९  

काठमाडौं । काठमाडौंको कपनमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ ।

राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ अक्सिजन सिलिण्डरहरु बिस्फोट भएर आगलागी हुँदा दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकहरुको पहिचान खुलिनसेको प्रहरीले जनाएको छ । अक्सिजन सिलिन्डरहरु बिस्फोटभएपछि आगो फैलिएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । आगलागी नियन्त्रणमा लिन काठमाडौं, ललितपुर र भक्तपुरको दमकल प्रयोग गरिरहेको प्रहरीले जनाएको छ ।

आगलागीबाट एक घर पूर्णरुपमा क्षति हुनुका साथै नजिकका घरहरुमा समेत आंशिक क्षति पुगेको छ । विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै