download zoom meeting app for pc zoom us join meetings zoom app for home use join zoom meeting uk login - join zoom meeting uk login zoom install download - zoom install download zoom client app download free zoom app malware free zoom for windows 10 download
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

अदालतले दियो हात्तिसार क्षेत्रका संरचनामा क्षति पुग्ने काम नगर्न महानगरलाई आदेश

 बिहिबार, अशोज ६ २०७९  

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौंको हात्तिसार क्षेत्रका जमिन र त्यसमाथि बनेका संरचनामा क्षति पुग्नेगरि कुनै पनि काम नगर्न/नगराउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ ।

हात्तिसार क्षेत्रका २१ घरधनीले दिएको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश किरण पोखरेलको इजलासले उनीहरूको जग्गाजमिनमाथि कुनै क्षति पुग्ने काम नगर्न अल्पकालिन आदेश दिएको हो ।

उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार उक्त आदेश निरन्तरता दिने वा नदिने निर्णय गर्न असोज २६ गते दुवै पक्षलाई अदालतमा बोलाएको छ । छलफलमा आउँदा टुकुचा खोला उत्खनन् गर्ने निर्णय सम्बन्धी कागजात समेत ल्याउन भनेको छ ।

मंगलबार २१ जनाले आफ्नो जमिनमा बनेका घर टहरामा डोजर लगाउने महानगरविरूद्ध रिट दिएका थिए ।

‘कानुन बमोजिम नक्सा पास गरि घर निर्माण भएको देखिएको हुँदा नक्सा पास भएका घर र जग्गालाई क्षति पुग्नेगरि कुनै कार्य नगर्नू/नगराउनू भनी विपक्षीका नाउँमा अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ,’ उच्च अदालत पाटनको आदेशमा भनिएको छ, ‘सो अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा विपक्षीहरू (महानगर) को समेत कुरा सुन्नुपर्ने भएकाले दोहोरो छलफलको लागि असोज २६ गते पेशी तोकीएको छ ।’

प्रतिक्रिया सबै