३ असार २०८१, आईतवार Sunday 16 June, 2024

कपनमा आगलागी हुँदा मृत्यु भएका ३ जनाको पहिचान खुल्यो

 बिहिबार, अशोज ६ २०७९  

काठमाडौं । काठमाडौंको कपनमा आगलागीबाट मृत्यु भएका ३ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा संखुवासभा घर भएका सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।

कपन गुम्बा नजिकै रहेको इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा २८ वर्षीय कुशल बुढाथोकी घाइते भएका छन् । उनको चुनिखेल स्थित करुणा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

प्रतिक्रिया सबै