download zoom it install zoom for all users windows 10 - install zoom for all users windows 10 zoom meeting joining 2016 - zoom meeting joining 2016 online meeting app zoom zoom india download for windows big bub zoom download zoom app windows 10s
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

विदेशबाट फर्किएलगत्तै श्रीमतिको हत्या !

 बिहिबार, अशोज ६ २०७९  

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका-५ मा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । हत्या आरोपित ती व्यक्ति फरार छन् । ३२ वर्षीया ललिताको उनकै श्रीमान् ३४ वर्षीय शेरबहादुर नाम्जालीमगरले हत्या गरेको खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता नायब उपरीक्षक बेदप्रकाश जोशीले उनीमाथि धारिलो हतियार प्रहार गरिएको देखिएको बताए । ललिताको शव बिहीबार बिहान हत्या गरेको अवस्थामा घरमै भेटिएको हो । बुधबार (हिजो) राति उनको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

छोरी १७ वर्षीया लक्ष्मी र छोरा १२ वर्षीय विजयमाथि पनि धारिलो हतियार प्रहार गरिएको छ । छोरी लक्ष्मी गम्भीर घाइते छन् । छोरा विजयलाई सामान्य चोट लागेको छ । उनीहरूको घाँटी र टाउकामा धारिलो हतियार प्रहार गरिएको देखिन्छ । उनीहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शेरबहादुर रोजगारीका सिलसिलामा भारतमा थिए । उनी बुधबार मात्र घर फर्किएको खुलेको प्रवक्ता जोशीको भनाई छ । घर फर्किएलगत्तै श्रीमतीसँग शेरबहादुरको विवाद भएको र हत्या गरी फरार रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै