zoom meeting icon download zoom download for pc 2021 is zoom a free app zoom audio not working on dell laptop zoom iso download
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

निर्वाचन अधिकृत नियुक्त (सूचीसहित)

 बिहिबार, अशोज ६ २०७९  

काठमाडौं । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि जिल्ला न्यायाधीश र नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको हो ।

आयोगले उनीहरूलाई यही असोज ११ गतेदेखि लागु हुने गरी उक्त पदमा नियुक्त गरिएको जनाएको छ ।

‘संवत् २०७९ मंसिर ०४ गते आइतबारका दिन हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम देहायका माननीय जिल्ला न्यायाधीश तथा नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीलाई मिति २०७९÷०६÷११ गतेदेखि लागु हुने गरी देहायबमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको पदमा नियुक्त गरिएको छ,’ आयोगले बिहीबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

नामावली पढ्नोस्–

प्रतिक्रिया सबै