गीत ‘उठौ हामी सबै’ सार्वजनिक (भिडियो)
बिहिबार, अशोज ६ २०७९

काठमाडौं । ‘उठौं हामी’ बोल रहेको गीतको भिडियो सार्वजनिक भएको छ । थाहायात्रा युट्युव च्यानलमार्फत हालै सार्वजनिक गरिएको यो गीत त्रिताल स्टुडियो काठमाडौंले उत्पादन गरेको हो ।
यस प्रगतिशील गीतमा वैज्ञानिक सामाजवादी कम्युष्टि पार्टी, नेपालका सचिवालय सदस्य एवम् जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङको शव्द, संगीत र गायन रहेको छ ।
संगीत संयोजनमा शिवसङ्गम राइ समेतको भुमिका रहेको गीतमा पार्वती राई, शिवसंगम राई, मेनुका राई र राजकुमार हिङमाङको स्वर रहेको छ भने गीतको एरेन्ज÷मिक्सको काम सुन्दर लामाले गरेका छन् ।
गीतले वैज्ञानिक समाजवादी क्रान्ति यात्रामा सहभागी हुन सबैलाई आव्हान गर्दै अन्याय, अत्याचार र बेथितीबिरुद्ध एकजुट हुनुपर्छ भन्ने भाव सिर्जना गरेको छ ।
प्रतिक्रिया
सबै