chromatic zoom effect download zoom download webinar registration list facetime zoom app how do i download email list from zoom webinar zoom download 2020 zoom pcr test for travel - zoom pcr test for travel
१९ आश्विन २०७९, बुधबार Wednesday 5 October, 2022

फिल्ममा क्रिस्टिनाको डेब्यु

 बिहिबार, अशोज ६ २०७९  

काठमाडौं । क्रिस्टिना गुरुङ चलचित्र ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्री हुन् । यो फिल्म नेपालसहित विश्वभरका १२ सय पर्दामा एकसाथ प्रदर्शन हुँदैछ । यो फिल्मबाट अभिनेत्रीको रुपमा क्रिस्टिनाको उदय हुँदैछ ।

अमेरीकाबाट अडिसनमा सहभागी हुनकै नेपाल आएकी क्रिष्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएकी थिईन् । उनलाई २७ सय १४ जनाबाट उत्कृष्ट २५ र त्यसपछि टप ५ छानिएको थियो ।

अमेरिकामा बस्दै आएकी नायिका गुरुङ युनिभरसिटी अफ मेडल्याड बालटिमर कन्ट्रीमा अध्ययन गर्दैछन् । उनी कहिलेकाहीँ नेपाल आउने र जाने गर्छिन् । उनको परिवार पनि अमेरिकामा नै बस्छन् ।

क्रिस्टिना मोडल, एक्टर र आइटीका विद्यार्थी हुन् । उनको जन्म काठमाडौंमा भएपनि शिक्षा भने अमेरिकाबाट हासिल गरेकी छन् । उनले फिल्ममा डेब्यु गर्नु अगाडि थुप्रै भिडियोहरु खेलिसकेकी छन् । उनी यतिबेला ‘प्रेम गीत ३’ को प्रचारप्रसारमा व्यस्त छन् ।

फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो डेब्यू फिल्मको प्रतिक्षामा क्रिस्टिनाले धेरै फिल्मको अफर समेत अस्वीकार गरेका बताएका थिए । ‘यसरी नै कला, साधनालाई निरन्तरता दिनु, ७ गाउँ र प्रेमको मात्र हैन सारा संसारको ‘गीतु’ हुनेछौ,’ निर्माता सेनले यसअघि नै फेसबुकमा लेखेका थिए ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोषले मिलेर निर्देशन गरेको फिल्ममा क्रिस्टिनाको जोडी अभिनेता प्रदीप खड्कासँग बाँधिएको छ । फिल्ममा शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारहरुको पनि अभिनय छ । यो फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन् ।

‘प्रेमगीत ३’ विश्वभरका १२ सय पर्दामा लाग्ने
‘प्रेमगीत ३’ को हिन्दी संस्करण विश्वभरका १२ सय पर्दा एकसाथ रिलिज हुँदैछ । नेपालमा भने यो फिल्म डेढ सय पर्दाबाट प्रदर्शन गर्ने तयारी छ । भारतमा मात्र ५०० पर्दाबाट फिल्म रिलिज हुनेछ । भारतमा मात्र डेढ करोड भारुको ओपनिङ हुने बताइएको छ ।

यूएई, बेलायत, अमेरिका, क्यानडा, सिंगापुर, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, फिजी, जापान, दक्षिण कोरिया लगायतका मुलुकमा पनि फिल्म एकसाथ रिलिज हुनेछ ।

विश्वभर ओपनिङ कलेक्सन साढे ५ करोड भारु ग्रस हुने जनाइएको छ । ‘प्रेमगीत’को निर्माण लागत पनि ११ करोड भारु रहेको उल्लेख छ । यतिबेला भारतमा एड्भान्स बुकिङ राम्रो रहेको मुम्बईबाट निर्देशन सन्तोष सेनले जानकारी दिए ।

‘प्रेमगीत ३’ को हिन्दी डबलाई मन्त्रालयले दियो मान्यता
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत ३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय भएको बताए । ‘नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली कम्पनीले निर्माण गरेकाले विदेशी फिल्म भन्ने आधार देखिएन । नेपाली फिल्म नै भन्ने निष्कर्षमा हामी पुग्यौं,’ पोखरेलले भने ।

बोर्डले हिन्दी प्रेमगीत ३ लाई १५ प्रतिशत शुल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।

मन्त्रालयका प्रवक्ता पोखरेलले सेन्सर विवाद र घटनाक्रमबारे अध्यक्ष केसीसँग सोधपुछ गरेको बताए ।, ‘हाम्रो कुरापछि उहाँ (भुवन केसी) कन्भिन्स पनि हुनुभयो । अब सोहीअनुसार फिल्म रिलिज हुनेछ’, उनले भने । बोर्डले विदेशी फिल्म करार गरेपछि वितरकले मन्त्रालयमा निवेदन दिएका थिए । यो निवेदन लगत्तै मन्त्रालयले बोर्ड अध्यक्ष केसीलाई छलफलमा बोलाएको थियो ।

मन्त्रालयको निर्णयपछि अब ‘प्रेमगीत ३’ को हिन्दी सेन्सर हुने बाटो खुलेको छ भने भोलि प्रदर्शन हुने पक्का भएको छ । मन्त्रालयको यो निर्णयपछि अब अन्य भाषामा स्वरांकन भएर रिलिज हुने फिल्मका लागि पनि एउटा नजीर बस्नेछ ।

 

प्रतिक्रिया सबै